तिम्रो साथ पाउदा यौटै मन जस्तो लाग्थ्यो
डाडा पाखा हरियाली आफनै पन जस्तो लाग्थ्यो
तिम्र हरेक सफलताका पाईलाहरुले सफलताका शिखर चुम्दा
उकालो र ओरालो नै मेरो धन जस्तो लाग्थ्यो
क्षितज पारी लिन गगनमा एक्लै अल्मलिनथे
कही सानो जंगल पाए आफनै बन जस्तो लाग्थ्यो
कति बिते दिनहरु परत्येक पलपल सम्झनामा
तिम्रो दिल को बगैचा मा डूबे झन् जस्तो लाग्थ्यो
हुरी आयो उडाइ दियो सपना यहि सिमित रह्यो
बाध्यता बस टाडा भय तिमीलाई भन कस्तो लग्यो......!!!